प्रचण्डको दाबी : फागुन २१ मै देशव्यापी निर्वाचन हुने

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of प्रचण्डको दाबी : फागुन २१ मै देशव्यापी निर्वाचन हुने

पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका छन्। आइतबार पोखरामा आयोजित प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले चुनावको वातावरण निर्माणमा सरकारसँगै छिमेकी देशहरू—चीन र भारतसहित—पनि सकारात्मक रहेको बताए। दाहालले कोही पनि द्विविधामा नपर्न आग्रह गर्दै सरकार चुनावको तयारी र वातावरण निर्माणमा गम्भीर रूपमा लाग्नुपर्ने आवश्यकता औँल्याए।

दाहालले सरकार ‘जनाधार धेरै भएको पार्टीलाई छोडेर जनाधार कमजोर पक्षसँग मात्र संवाद गरिरहेको’ भन्दै असन्तुष्टि जनाए। उनले अहिलेको सरकार आफू र माधवकुमार नेपालले मिलेर गठन गराएको स्मरण गराउँदै ठूलो जनसमर्थन प्राप्त शक्तिलाई संवादबाट पन्छाउने प्रयासले चुनावी वातावरण अस्थिर बन्न सक्ने चेतावनी दिए। देशभर चुनावी माहोल निर्माण गर्ने उद्देश्यसहित आफूहरू एकता सभामा जुटेको उनले स्पष्ट पारे।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com