नेपाल प्रिमियर लिग (NPL 2025) आजदेखि सुरु

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of नेपाल प्रिमियर लिग (NPL 2025) आजदेखि सुरु

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL 2025) आजदेखि सुरु !धेरै प्रतिक्षित नेपाल प्रिमियर लिग (NPL 2025) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा पछिल्ला विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्नेछन्।

यस वर्षको लिग १३ डिसेम्बर २०८२ मा फाइनल खेलसँग समापन हुनेछ।

यो संस्करणमा कुल ८ टिम सहभागि छन्:

1. सुदुरपश्चिम रोयल्स

2. पोखरा अवेन्जर्स

3. लुम्बिनी लायन्स

4. काठमाडौं गोर्खाज

5. कर्णाली याक्स

6. जनकपुर बोल्ट्स

7. चितवन राइनोस्

8. विराटनगर किङ्स

खेल संरचना

• कुल २८ लिग खेल हुनेछन्, जसमा सबै टिमहरू एकल राउन्ड‑रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्।

• लिग समाप्तिपछि सर्वोच्च स्थानमा रहेको टिम र दोस्रो स्थानको टिम क्वालिफायर १ मा भिड्नेछन् (९ डिसेम्बर)।

• थर्ड र फोर्थ स्थानको टिम बीच इलिमिनेटर खेल १० डिसेम्बरमा हुनेछ।

• क्वालिफायर १ को हार्ने टिम र इलिमिनेटरको विजेता क्वालिफायर २ मा ११ डिसेम्बरमा भिड्नेछन्।

• फाइनल खेल क्वालिफायर १ र क्वालिफायर २ का विजेताबीच १३ डिसेम्बरमा सम्पन्न हुनेछ।

 

सर्वोच्च स्तरको प्रतियोगिताका सबै ३२ खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर मा आयोजना हुनेछन्।

खेल तालिका यस प्रकार छ


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com