निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीका विस्तृत कार्यतालिका सार्वजनिक

Author ImageEcoEcoPolitics१ हप्ता अगाडि
Image of निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीका विस्तृत कार्यतालिका सार्वजनिक

३० कात्तिक, काठमाडौं ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रत्यक्ष (पहिलो हुने निर्वाचित) र समानुपातिक प्रतिनिधित्व (PR) दुवै प्रणालीका लागि विस्तृत कार्यक्रम सार्वजनिक गरेको हो।

 

प्रत्यक्ष निर्वाचन प्रणालीका मुख्य कार्यतालिका

•६ माघ

•बिहान १० बजेदेखि साँझ ५ बजे : उम्मेदवारी मनोनयन दर्ता

•साँझ ५ देखि ७ बजे : उम्मेदवारको प्राथमिक सूची प्रकाशन

•७ माघ

•बिहान १० – दिउँसो ३ बजे : उम्मेदवारविरुद्ध उजुरी दर्ता

•८ माघ

•साँझ ५ बजेभित्र : मनोनयन र उजुरीको छानबिन तथा निर्णय

•साँझ ५–७ बजे : उम्मेदवारको नामावली प्रकाशन

•९ माघ

•बिहान १० – दिउँसो १ बजे : नाम फिर्ता लिन सकिने

•दिउँसो १–३ बजे : अन्तिम नामावली प्रकाशन

•दिउँसो ४– साँझ ७ बजे : निर्वाचन चिह्न प्रदान

 

समानुपातिक (PR) निर्वाचन प्रणालीका कार्यतालिका

•२१–२३ मंसिर

•बिहान १० – २३ मंसिर दिउँसो ४ बजे : दलहरूले निवेदन पेस गर्ने

•२४ मंसिर

•बिहान १० – दिउँसो ४ बजे : निवेदन पेस गरेका दलहरूको नामावली सार्वजनिक

•१३–१४ पुस

•बिहान १० – दिउँसो ४ बजे : दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने

•२० माघ

•बिहान १० – साँझ ५ बजे : बन्दसूची अन्तिम रूपमा प्रकाशन

 

मतदान मिति

 

आयोगले सार्वजनिक गरेको स्वीकृत कार्यक्रमअनुसार २१ फागुन

•बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

देशभरका निर्धारित मतदान केन्द्रहरूमा मतदान हुने सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com