*** इस्तिफा ***

Author Imageअमृत ज्ञवाली१ हप्ता अगाडि
Image of *** इस्तिफा ***

केही बर्ष अगाडि काङ्ग्रेस द्वारा मलजल गरिएका स्वर्णिम वाग्लेले दल त्याग गरे । दल त्याग गर्नु केही समय अगाडि उनलेे नेपालको भबिस्य गगन थापा हुन भनेर लागी परेका थिए । डा शेखर कोइराला सङग निकटतम नै थिए । स्वय सभापति देउवाबाट लाभ नलिने कुरै भएन,लिइ सकेका थिए । त्यै पनि उनको स्वतन्त्रताको कुरा हो काङ्ग्रेससङ्गकोसम्बन्ध बिच्छेद गरे,रबि लामिछाने रोजे,गए,जिते,रमाए । उनको अर्थमा त्यो राम्रो पनि थ्यो होला । हाम्लाइगुनासो केही छैन ।

रबि लामिछानेले पार्टी बनाए । मौजुदा दलहरुको जग हल्लाए । आफ्नो छविले रबि चम्किलो बनेका थिए त्यो स्वीकार गर्नु पर्छ । त्यै रापतापमा एसो गोष्ठी हरुमा,एसो अभियान हरुमा हिडि रहेका " नारी - पुरुष " हरु लाईराजकिय पद हरुमा पुर्याए । तिनले एकै पटक अवसरका अवसर हरु पाए ।सुमना जी र सन्तोष जी हरुले दल त्याग गरे । यति त भन्दिनु पर्छ उनिहरुको लागि नया अबसर आए होलान रगए होलान तर दुनियाँमा सजिलो सङ्ग यो फैलावट रबिले गराइदिएकै हुन । गुनासो केही छैन ।

बिबेकशिल भन्ने उज्ज्वल थापाको दल थियो । अहिले त्यसमा साझा भन्ने शब्द थपिएको पार्टी छ । त्यो नेपाली राजनीतीको अलिक नवीन हो कि हो कि भन्ने जस्तो थियो । त्यस्मा रबिन्द्र मिश्र जी आइपुग्नु भयो । हेर्दा हेर्दै अध्यक्ष हुनु भो । हेर्नोस न यारअध्यक्षले दल त्याग गर्नु भयो । अफसोच पनि कस्तो भने त्यो नवीन अध्याय बाट उहाँपन्चायत तिर जानू भयो । दुर्गा प्रसाईं सम्म पुग्नु भो । अबसर थ्यो होला जानू भो । गुनासो केही छैन।

एउटा नाउपा भन्ने छ । उस्तै अर्को जन्म्यो क्यारे । रेशम चौधरी लाई रन्जिताले जोगाइन । रन्जितालाई रेशमले पत्नी हुँदै नायक बनाए । दिक्क लागे होला । उनैले दल त्याग गरे । रेशम कि रन्जिता गुमनाम छिन ।थारु आन्दोलनको अन्तर्यले दल त्याग गर्यो। रेसम लाई गुनासो छैन रे । सायद रन्जिता लाई पनि नहोला।

यसरी छोटो इतिहासमै " इस्तिफा" चलीरहेको छ । पार्टीको आन्तरिक लोकतन्त्र बलियो र जबाफदेहि बनाउन लागौ । पद्धति प्रधान भएर नै लोकतन्त्र ले बिश्वास कमाएको हो । लोकतान्त्र लाई जोगाउने काम दलको हो,नागरिकको पनि हो ।

 


अमृत ज्ञवाली

अमृत ज्ञवाली