मर्म स्पर्शी गजल : मायामा चोट

Image of मर्म स्पर्शी गजल : मायामा चोट

गजल

हास्न भनी मुख खोलेँ, आँसु नै पोखियो,

चोखो माया सस्तो मूल्यमा तोकियो।

 

न्याय हराएर गयो, अपराधीलाई भयो छुट,

पैसाको बिटा फ्याँके, दोषी पनि चोखियो।

 

भूल गरे कि पाप, तिमी सँग माया साटें मैले,

संगै जिउने–मर्ने भनेर हरेक सपना बोकियो।

 

कहिल्यै नबुझ्ने तिम्रो मायामा रमें हरपल,

माया मात्र दियौ, सँगै जिउने कसम रोकियो।

 

तिमी र म एउटै नदीका दुई किनारझैँ भयौं,

समयले चोट दिएपछि संसारै ठोकियो।


जमुना क्षेत्री(इटहरी, सुनसरी )

जमुना क्षेत्री(इटहरी, सुनसरी )