दुर्गा प्रसाईंको आरोप: भिक्टर पौडेललाई दुई करोड बुझाएर बब्लु गुप्ता मन्त्री बने

Author ImageEcoecopolitics Desk३ महिना अगाडि
Image of दुर्गा प्रसाईंको आरोप: भिक्टर पौडेललाई दुई करोड बुझाएर बब्लु गुप्ता मन्त्री बने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि आर्थिक लेनदेनको गम्भीर आरोप लगाएका छन्।

सुकुम्बासी बस्तीमा डोजर चलाउने काठमाडौँ महानगरपालिकाको अल्टिमेटम सकिएपछि त्यहाँ पुगेका प्रसाईंले मन्त्री गुप्ताले भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर मन्त्री बनेको दाबी गरेका हुन्।

उनका अनुसार भिक्टर पौडेल काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहुन्। पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जाल पेजका सञ्चालक समेत हुन् र मेयर शाहका निकट मानिन्छन्।

त्यस अवसरमा प्रसाईंले सुकुम्बासी बस्ती भत्काउन नदिने प्रतिबद्धता जनाउँदै मेयर शाहमाथि गरिब र श्रमिक वर्गको उठिबास लगाएको आरोप समेत लगाए।

प्रसाईंको भनाइअनुसार, सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णय न्यायविहीन र अमानवीय छ, र यस्तो कदमले राजधानीका श्रमिक र निम्नवर्गीय नागरिकको अधिकार हनन भएको छ।

“हामीले गरिबको घर भत्किन दिने छैनौं,” प्रसाईंले भने, “यो अन्यायका विरुद्धको लडाइँ

काठमाडौँ महानगरपालिकाले केही दिनअघि सुकुम्बासी बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। तर अल्टिमेटम सकिए पनि स्थानीय बासिन्दाले आफ्नो बासस्थान छोड्न अस्वीकार गरेका छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com