गाली मुर्खताको पहिचान हो” — डा चन्द्र भण्डारी

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of गाली मुर्खताको पहिचान हो” — डा चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीले हालै सामाजिक सञ्जालमार्फत एक गहिरो सन्देशमूलक कविता सार्वजनिक गर्दै समाजमा बढ्दै गएको गाली–गलौज, असहिष्णुता र असभ्यताप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

भण्डारीको कविता यसप्रकार छ —

गाली ! गाली ! गाली !!!

कति फुर्सद ? के जन्मै गालिका लागि ?

कता जाँदैछ हाम्रो समाज ?

तर्कले तर्क खोज्छ,

विचारले विचार !!!

तर गाली, मुर्खताको मात्र पहिचान हो।

मानिससँगको अन्तरक्रिया र सम्पर्कबाट

प्राप्त हुने ज्ञान र अनुभव

जीवनकै उत्कृष्ट पाठशाला हो।

तर “वसुधैव कुटुम्बकम्” भन्ने

मानव सभ्यताको मूल संस्कार

ग्रहण गर्न नसक्ने हामी —

सभ्य भनिएर पनि असभ्य बन्दैछौँ।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com